Sajhamanch Archive

बाढी पहिरोमा परी घाइते भएकाको उपचारको सम्पूर्ण व्यवस्था सरकारले गर्ने

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सरकारले मुलुकका विभिन्न भूभागमा बाढी, पहिरोमा परी ज्यान गुमाएका नागरिकका परिवारलाई ‘यथोचित’ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी, पहिरो लगायत प्रकोपबाट घाइतेहरूलाई सरकारले उपचार गर्ने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै मन्त्री खतिवडाले उद्धार र राहतलाई प्रभावकारी बनाउन राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने र गैरसरकारी क्षेत्रसँग पनि समन्वय गर्ने निर्णय गरेको जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयलाई बाढी, पहिरोको प्रकोपबाट भएकोब धनजनको क्षतिको विस्तृत विवरण तयार पारी राहत, उद्धारको योजना बनाउन पनि निर्देशन दिएको खतिवडाको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *