Sajhamanch Archive

नेविसंघ मेचीनगरद्वारा अनाथ बालबालिकालाई खाना तथा फलफूल वितरण

Published: (Updated: ) in राजनीति, लोकप्रिय, समाज by .

मेचीनगर । नेपाल विद्यार्थी  मेचीनगरले विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा आज बालबालिकाहरुलाई भोजन वितरण तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

झापाको मेचीनगर नगरपालिका वडा नं.९ मागुरमाडीमा अवस्थित सुबोध साधना केन्द्र (बालआश्रम) मा पुगेर त्यहाँ रहेका १३ जना अनाथ बालबालिकाहरुलाई खाना तथा फलफूल वितरण गरको हो ।

नेविसंघ मेचीनगरका सचिव रुपक पराजुलीको अध्यक्षतामा भएको भोजन वितरण कार्यक्रमको प्रमुख अतिथी नेपाली काँग्रेसका झापा जिल्ला कोषाध्यक्ष केशवराज पाण्डे रहेका थिए ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका झापा जिल्ला सदस्य पुष्प पौडेल,क्षेत्रीय सभापति मणि उप्रेती ,नेपाली काँग्रेस मेचीनगर सभापति इन्द्र बुढाथोकी,सुबोध साधना केन्द्रका अध्यक्ष बालकृष्ण थपलिया,नेविसंघ झापा जिल्ला सहसचिवद्वय सुरज सुवेदी र मिलन चापागाईं लगायतको उपस्थिती रहेको थियो ।

नेविसंघ झापा जिल्ला प्रवक्ता सञ्जय निरौलाले कार्यक्रमको औचित्यसहित मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन नेविसंघ मनकामना कलेज इकाइ सचिव उमेश खतिवडाले गरेका थिए ।

त्यस्तै, नेविसंघ मेचीनगरले आजै मेचीनगर नगरपालिका वडा नंं.१० धुलाबारीमा दिप प्रज्वलन कार्यक्रम आयोजना गरेर विपीलाई सम्झेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *