कोरोना संक्रमित वृद्धको धरानमा मृत्यु
Published: (Updated: )
by .काठमाडौं । कोरोना संक्रमण (कोभिड—१९) देखिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहेका महोत्तरीका एक वृद्धको मृत्यु भएको छ । पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएका महोत्तरी घर भएका ६० वर्षीय वृद्धको उपचारका क्रममा मंगलबारराति मृत्यु भएको हो ।
उनको मृत्युसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा।डा।सञ्जीवकुमार शर्माकाअनुुसार कोरोना संक्रमण देखिएपछि वृद्ध १ साउनमा उपचारका लागि आइसोलेसनमा भर्ना भएका थिए ।
कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको मंगलबार राति नै दाहसंस्कार गरिएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।
प्रतिष्ठानमा यसअघि सप्तरीका ७३ वर्षीय वृद्धको कोरोनाकै कारण निधन भएको थियो । कोरोना संक्रमण भएर प्रदेश १ मा उपचारका लागि भर्ना भएका मध्ये दुई जनाको मृत्यु भइसकेको छ ।
प्रतिष्ठानमा हाल ११ जना संक्रमितको उपचार भइरहेको छ । उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पताल आइसोलेसन वार्डमा भर्ना भएका कोरोना संक्रमित मध्ये दुई सय ६७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
Comments