Sajhamanch Archive

कमल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमः श्रमिकलाई फिल्डमै बाडियो पारिश्रमिक

Published: (Updated: ) in समाज, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा आवद्ध कामदारले फिल्डमै आफ्नो पारिश्रमिक पाएका छन् ।

आर्थिक वर्ष २०७६÷०७७ मा स्वरोजगार कार्यक्रममा आवद्ध कामदारलाई बैकका कर्मचारीले कामदार भएकै स्थानमा आएर ज्याला वापतको रकम भुक्तानी गरेका हुन ।

कामदारलाई आफुले गरेको श्रमको पारिश्रमिक बैंक मार्फत भुक्तानी दिन सजिलो हुन भएकोले बैकका कर्मचारी केही दिन अघि फिल्डमै गएर खाता खोलेका थिए ।

गाउँपालिकामा स्वरोजगार कार्यक्रम अन्तरगत ३ वडा आयोजना सन्चालन भएका थिए । जस अन्तरगत वडा नम्वर २ मा गाउँपालिकाको कम्पाउण्ड वाल, वाड नम्वर २ र ५ मा खानेपानिको पाईप लाईन विस्तार गरिएको थियो । त्यस्ता आयोजनामा कामगर्ने कामदारलाई काम गरेकै स्थानमा बैकका कर्मचारी आएर उनिहरुको पारश्रमकि बापतको रकम भुक्तानी गरेको कमल गाउँपालिकाका रोजगार संयोजक भरतचन्द्र तिवारीले जानकारी दिए ।

आर्थिक वर्ष २०७६ ÷०७७ मा कमल गाउँपालिकामा महिला ४३ जना र पुरुष ३४ जना गरि जम्मा ७७ जनालेले रोजगार पाएका थिए । जसमा दक्ष २ जना र अदक्ष ५७ जना रहको संयोजक तिवारीले जानकारी दिए ।

कार्यक्रममा अधिकतम रोजगारी दिन २८ र न्युनतम ३ दिन रहेको छ । जसमा औषत रोजगारी दिन २० दशमलव १६ रहेको छ भने प्रतिव्याक्ति आय ११ हजार १४२ रुपैया रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *