Sajhamanch Archive

चारपानेमा एनएमसीको अर्को कार्यालय थपियो

Published: in सहकारी by .

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आजदेखि चारपानेमा नयाँ कार्यालय सञ्चालनमा ल्याएको छ । आज बिहान कार्यालयको औपचारिक उद्घाटन गरेको हो ।

२०५० सालमा स्थापित एनएमसीले आफ्नो रजत वर्ष मनाउने क्रममा शाखा बिस्तारलाई तीब्रता दिइरहेको छ । दुई दिनअघि गरामनीमा शाखा उद्घाटन गरेको एनएमसीले चारपानेमा पनि शाखा खोलेको हो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रबकुमार शिवाकोटीले रिबन काटेर शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका शिवाकोटीले एनएमसीले व्यावसायिक विविधिकरणको दिशामा थालेको कामको मुक्तकण्ठले प्रशंसा गरे ।

एनएमसीले यसैवर्ष सुरु गर्न लागेको नमूना कृषि परियोजनातर्फ लक्षित गर्दे नगर प्रमुख शिवाकोटीले विषादीमुक्त खाद्य अभियानलाई एनएमसीले अगाडि बढाएकोमा खुसी व्यक्त गरेका हुन् ।

चारपाने सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेती, बिर्तामोड नगरपालिका वडा नं. २ का अध्यक्ष नगेन्द्र संग्रौला, सहारा नेपाल साकोसका प्रबन्धक दिनेश निरौलालगायतले बोलेका थिए ।

एनएमसी बिर्तामोड कार्यालयगत समितिका संयोजक हरिप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रmममा सञ्चालक सदस्य डम्बरबहादुर बस्नेतले स्वागत तथा बिर्तामोड कार्यालयका प्रमुख भूपाल गौतमले सञ्चालन गरेका थिए ।

शाखा सुरु भएको अवसर पारेर सदस्यका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको नवस्थापित चारपाने सम्पर्क कार्यालयका प्रमुख अर्चन ढुंगानाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *