Sajhamanch Archive

कोरोना महामारी अझै खराब बन्ने भन्दै ट्रम्पले नै गरे मास्क लगाउन आह्वान

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना महामारीको स्थिति अझै खराब बन्ने स्वीकार्दै सबैलाई मुखमा मास्क लगाउन आह्वान गरेका छन् ।

मास्क लगाउनेबारेमा सँधै विपक्षमा उभिएका ट्रम्प स्वयंले कोरोनाको महामारी नियन्त्रणमा आउने लक्षण नदेखिएपछि मास्क लगाउन अपील गरेका हुन् । कोरोनासम्बन्धि दैनिक पत्रकार सम्मेलन फेरि शुरु गर्दै उनले मास्क लगाउँदा महामारीको जोखिम कम गर्न सकिने स्वीकारे ।

यद्यपि उनी भने उक्त पत्रकार सम्मेलनमा पनि मास्क बिनै उपस्थित भएका थिए । यसअघि भने उनी मास्क लगाउन आह्वान गर्नेहरुको मजाक उडाउँथे । अमेरिकामा कोरोनाको महामारी फेरि तीब्र गतिमा बढेपछि राष्ट्रपतिका सल्लाहकारहरुले उनलाई नयाँ रणनीति उपनाउन सल्लाह दिएका हुन् ।

गत अप्रिलमा उनले संक्रमण रोक्ने खोप दिएर महामारी नियन्त्रणमा लिन सकिने एक अभिव्यक्तिको आलोचना भएपछि नियमित पत्रकार सम्मेलन बन्द गरेका थिए । तर तीन महिनापछिको कोरोना पत्रकार सम्मेलनमा निकै संयमित रुपमा उनले त्यही कुराहरु गर्न आह्वान गरे, जुन यसअघि जनस्वास्थ्यविदहरुले लगातार भन्दै आएका थिए ।

उनले सामाजिक दूरी कायम गर्न, मास्क लगाउन आह्वान गरे । यसैबीच आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा आफ्ना प्रतिष्पर्धी डेमोक्रेट उम्मेदवार जो बाइडनले कडा टक्कर दिन थालेपछि ट्रम्पको बोली फेरिन थालेको जनाइएको छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *