थप १०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, २०७ जना डिस्चार्ज
Published: (Updated: )
by .काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २०७ जना डिस्चार्ज भएका छन् । योसँगै कूल १२ हजार ६८४ जना डिस्चार्ज भएका छन् ।
विगत २४ घण्टामा २८ वटा प्रयोगशालाबाट ३ हजार ७७९ जनाको पीसीआर परीक्षण भएका छन् । त्यस्तै, क्वारेन्टिनमा २० हजार ८४२ जना रहेका छन् ।
Comments