Sajhamanch Archive

विदेशबाट ५७० जना नेपाल फर्किए

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by .

काठमाडौं । बुधबार अन्तर्राष्ट्रिय उडानबाट कुल ५ सय ७० जना नेपाल आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सले क्वालालाम्पुरबाट २६४ जना यात्रु लिएर नेपाल आएको छ । हिमालयले समेत क्वालालाम्पुरबाट दुई उडानबाट क्रमशः १४८ र १४५ जना यात्रु लिएर नेपाल आएको छ ।

बुधबार रोयल एयरफोर्सको जहाजले दुबईबाट १३ जनालाई काठमाडौं ल्याएको छ । एयरफोर्सको जहाजले कार्गो समेत बोकेर आएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *