Sajhamanch Archive

क्रिएटिभ नेप्लिज युथद्वारा आत्महत्या न्युनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम

Published: in लोकप्रिय, समाज by .

बिर्तामोड । क्रिएटिभ नेप्लिज युथको आयोजनामा बिर्तामोडमा आज आत्महत्या न्युनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मनतरङ्ग परियोजना अन्तर्गत नाटक हेडलाइन मञ्चन गरिएको थियो । आयुस प्याकुरेलले निर्देशन गरेको नाटकमा रोहित घटराज, कल्याण थापा, रिया प्रसाई, सिमरन बुढाथोकी, ओसिन श्रेष्ठ, नेहा भण्डारी, सुचित पाण्डे लगायतले अभिनय गरेका छन् ।

आत्महत्या न्युनिकरण गर्न सञ्चारमाध्यम र सञ्चारकर्मीले खेल्नुपर्ने भूमिकाका बारेमा नाटक हेडलाइनले सन्देश दिएको बताइएको छ ।

क्रिएटिभ नेप्लिज युथका अध्यक्ष रञ्जन धमलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाई रहेकी थिइन् ।

बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा भएको सोही कार्यक्रममा क्रिएटिभ नेप्लिज युथका सदस्य तथा कार्यक्रम संयोजक विञ्जु बरालले आत्महत्या न्युनिकरण र मानसीक स्वास्थ्य सम्वन्धी सहभागीलाई जानकारी गराएकी थिइन् ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख मुकुन्द रिजाल, क्षितिज नाट्य समूह झापाका अध्यक्ष माधव कल्पित लगायतले आत्महत्या न्युनिकरण गर्न सवै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

क्रिएटिभ नेप्लिज युथका सदस्य सन्ध्या पौडेलले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी हरिकृष्ण भण्डारीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *