Sajhamanch Archive

आज पनि केही ठाउँमा भारी वर्षाको सम्भावना

Published: in विविधा by .

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मुलुकभरि मनसुन कमजोर बन्दै गएपनि जोखिम अझै टरिनसकेको जनाएको छ ।

अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी रहेकोकाले अहिले पनि देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार अहिले वर्षा गराउने न्यूनचापीय रेखा केही दक्षिणतर्फ सरेको भएपनि नेपालको पूर्वी भेग नजिक रहेकाले रातिको समयमा मनसुन केही सक्रिय हुने देखिएको छ ।

४ र ५ साउनमा जस्तो लगातार वर्षा नभएपनि अझै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको कँडेलले बताइन् । आज पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ र प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ठूला नदीहरूमा जल सतह घट्ने र केही ठूलो बाढीको जोखिम नरहेको पनि बाढी पुर्वानुमान महाशाखाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *