Sajhamanch Archive

प्रदेश १ प्रहरी कार्यालयका थप चार जनामा कोरोना पुष्टि

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

काठमाडौं । प्रदेश नं.१ प्रहरी कार्यालयका थप चार जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पाइएको छ ।

बिहीबार थप चार जनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसपी दीपक पोखरेलले बताए ।

बुधबार एक जना प्रहरी अधिकृतमा कोरोना पुष्टि भएको थियो । प्रदेश प्रहरी कार्यालयका ११ जना अधिकारीमा गरिएको परीक्षणमा पाँच जनामा संक्रमण पुष्टि भएको हो ।

पोखरेलले भने, ‘हामीसँगै क्वारेन्टिनमा छौं, बिहीबार १५० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदैछौं ।’ कार्यालयको नियमित काम भने नरोकिएको उनले बताए ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *