Sajhamanch Archive

जनार्दन पार्टी एकताको पक्षमा लाग्‍नुभएको हो, भ्रममा नपरौं : प्रचण्ड सचिवालय

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पार्टी स्थायी कमिटी सदस्य जनार्दन शर्माका विषयमा आइरहेका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी एकताको बचाउन क्रियाशील रहँदै आएका शर्माबारे भ्रम फैलाउने गरी समाचार आएको भन्दै प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले त्यसको खण्डन गरेका हुन् ।

“केही दिन यता हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माका बारेमा विभिन्‍न सञ्चार माध्यममा प्रकाशित, प्रशारित समाचारप्रति ध्यानाकर्षण भएको छ । आन्तरिक वैचारिक बहसहरू एक जीवन्त पार्टीका विशेषताहरू हुन् । तिनै बहसका सम्बन्धमा मिडियामार्फत नेताहरूमाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय छ,” सापकोटाले विज्ञप्तिमा भनेका छन् ।

प्रचण्डको सचिवालयले शर्माले एकतादेखि आजसम्मको काममा प्रचण्डलाई सघाउँदै आएकाले भ्रममा नपर्न आग्रह गरेको छ । “पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरले अध्यक्ष कमरेडलाई सहयोग गर्दै आउनुभएको विदितै छ । अहिले पार्टीभित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताका पक्षमा लाग्नुभएको हो । कमरेड प्रभाकरमाथि अध्यक्ष कमरेड प्रचण्डसँग जोडिएका भ्रामक प्रचारहरूलाई खारेज गर्दछौं,” सापकोटाले भनेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *