ऋणको भाका सारिदिन विश्व बैंकलाई अर्थमन्त्री खतिवडाको आग्रह
Published: (Updated: )
by .काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व बैंकसँग कर्जामा ‘मोराटोरियमु सुविधा माग गरेका छन् । विश्व बैंकले प्रकाशन गरेको नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले विश्व बैंकसहित दातृ निकायबाट ‘डेट मोराटोरियमु (कर्जाको सावाँ–ब्याज तथा किस्ताको भाका सार्ने) सुविधा दिन आग्रह गरेका हुन् ।
खतिवडाले कर्जाको सावाँ तथा ब्याज तिर्ने भाका सारिदिए त्यसबाट सिर्जना हुने स्रोत तीब्र पुनरुत्थानमा खर्च गर्न सहयोग हुने बताए । उनले भने, “आज मैले भन्नै पर्ने हुन्छ कि दातृ निकायबाट डेट मोराटोरियम सुविधा पाइयास् ताकि हामीले पूर्व निर्धारित तालिकाअनुसार सावाँ र ब्याज तिर्नु नपरोस् र जसबाट सिर्जित स्रोत संकटबाट तीब्र पुनरुत्थानमा खर्च गर्न सकुँ ।”
कोभिड–१९ सिर्जित परिवेशबाट माथि उठ्न विश्वव्यापी साथ नभई नहुने बताउादै उनले गत आर्थिक वर्षको अन्त्यमा प्राप्त वैदेशिकसहायताप्रति विश्व बैंकसहित सबै विकास साझेदारलाई धन्यवाद दिए । खतिवडाले भने, “हामीलाई चाहिएको बेला उपभोगयोग्य स्रोत परिचालनमा सहयोग पुर्याउनुभएकोमा सबैलाई विकास साझेदार फेरि धन्यवाद ।”
यसअघि विश्व बैंकले पहिलोपल्ट नेपालको विस्तारकारी आर्थिक तथा मौद्रिक नीतिको सराहना गरेकोमा धन्यवाद दिएका थिए । खतिवडाले सो अवसरमा नेपालको आर्थिक, वित्तीय तथा वाह्य क्षेत्रबीच एकअर्कामा सन्तुलन नभएपनि एकअर्का क्षेत्र एकल रुपमा भने सन्तुलित भएको बताएका थिए ।
उनले कोभिड–१९ परिस्थितिबाट जोगिन तथा आफ्नो आन्तरिक साझेदारलाई उकास्न राहत प्याकेज ल्याइसकेको र त्यसले चाँडै नै तीब्र आर्थिक वृद्धिको बाटोमा सघाउ पुर्याउने जिकिर गरे ।
वित्तीय संघीयताकै कारण कोभिडबाट अरु देशभन्दा चाँडो उक्सने उनको दाबी छ ।
अर्थमन्त्री खतिवडाले बिहीबार विश्व बैंकको ‘नेपाल डेभलमेन्ट आउटलुक’ सार्वजनिक गर्दै व्यक्त गरेको मन्तव्यको सारः
कोभिड–१९ परिस्थितिका कारण नेपाली अर्थतन्त्रले विश्वको अर्थतन्त्रसँगै चुनौती नै चुनौती भोगेको छ । कोभिड चुनौतीसँगै सहल र वर्षा सिर्जित बाढी पहिरो प्रकोपले जनजीवन र अर्थतन्त्रलाई थप प्रभाव पारेको छ ।
जसले हामीलाई अतिमक विकसित मुलुकबाट ग्र्याजुयट हुने गतिमा ठेस पुगेको छ ।
म विश्वबैंकलाई हाम्रो विस्तारवादी बजेट तथा मौद्रिक नीतिलाई सराहना गरेकोमा धन्यवाद भन्न चाहन्छु । मेरो अनुभवमा यस्तो कुरा विश्व बैंकले पहिलोपल्ट भनेको हो । जसका लागि हामी हार्दिक आभारी छौं ।
कोभिडको गम्भीर संकटबाट निस्किने एकमात्र उपाय भनेकै विस्तारवादी नीति नै हो भन्ने हाम्रो जोड हो । सोही मान्यतास्वरुप हामीले यस्तो नीति ल्याएका हौं । यसो भनिरहँदा हामीले आर्थिक तथा वित्तीय स्थायित्वका मुलभुत विषय बिर्सनु हुँदैन । जुन दीगो आर्थिक वृद्धि र विकासका लागि अत्यावश्यक हुन्छन् । यसबारे हामी सजग छौं ।
विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ड अपडेट’मा उल्लेखित केही सुझाव अर्थिक स्थायित्वसँग सम्बन्धित छन् । म त्यसमा सहमत छु । बजेटमा स्वास्थ्य, आर्थिक पुनरुत्थान तथा महामारीबाट माथि उठ्ने र निजी क्षेत्रलाई साथ दिने राहत प्याकेज घोषणा गरेका थियौं जुन कार्यान्वयनमा आइसकेको छ । हाम्रो नीतिले व्यवसाय क्षेत्र साधारण अवस्थामा फर्कनमात्र नभएर उनीहरुले यसअघिको भन्दा राम्रो स्थितिमा पु¥याउने छ । सार्वजनिक लगानीलाई निजीक्षेत्रले साथ पाउने गरी परिचालन गर्दै छौं ।
हो, हामीले आर्थिक, वित्तीय तथा वाह्य क्षेत्रबीचको सन्तुलन कायम गर्न सकेका छैनौं । प्रतिवेदनमा चालु खाता घाटा ८ प्रतिशतको मनोवैज्ञानिक थ्रेसहोल्डबाट कम हुँदै गरेको उल्लेख भएको नियाल्दै भन्छु कि निर्यात बढाउन सकेको भए यो दर कम हुने थियो । हामीले आयात कम गरेर चालु खाता घाटा कम गर्ने सोच्यौं । साँच्चै नै निर्यात बढाउन समय लाग्न सक्छ ।
मेरो प्रक्ष्येपणमा मुद्रास्फीति ६ प्रतिशत कायम हुनेछ । नयाँ तथ्यांकले पनि जुलाइ महिनामा मुद्रास्फीति दर सुधार भएको देखाउँछ ।
अर्को उपलब्धी हामीले बजेट सन्तुलनमा हासिल गरेका छौं । अनावश्यक खर्चमा मितव्ययीता कायम गरेर तथा स्रोत परिचालनमा सक्रियता देखाएर त्यसो ग¥यौं । आन्तरिक ऋण र वैदेशिक ऋण परिचालनमा सहयोग गर्नुभएकोमा निजीक्षेत्र र द्विपक्षिय तथा बहुपक्षिय दातृ निकायप्रति हार्दिक आभारी छु । जसकारण हामीले १६ अर्ब रुपैयाँ बजेट बचत गर्न सक्यौं ।
सबैले जान्नैपर्ने कुरा, नेपाको वित्तीय क्षेत्र सन्तुलित छ । तरलता राम्रो अवस्थामा छ जसको कारण कर्जाको माग नहुनु होइन । कर्जाको वृद्धिदर १२ प्रतिशत छ जुन आर्थिक वृद्धिदर भन्दा बढी हो । निक्षेपको त्योभन्दा तीब्र छ । यसअर्थमा कर्जाको ब्याजदर कटौती गर्नु आवश्यक छ । यसबाट आर्थिक संकटमा लगानी बढ्ने छ । मलाई विश्वास छ कि आउने दिनमा बैंकहरुले कर्जाको ब्याजदर अझै सस्तो बनाउने छन् ।
बैंकको खराब सम्पत्तिको दर ९एनपीए० पनि ३ प्रतिभन्दा कम छ । त्यो कदापी ५ प्रतिशतभन्दा बढी हुने छैन । बैंकहरुको अरु सुचांक दृढ छन् । अरु वित्तीय क्षेत्र पनि स्थायी बनेका छन् ।
चालू खाताको कुरा गर्दा गत आर्थिक वर्षको अन्त्यसम्म निकै सहज स्थितिमा आइसकेको मेरो अनुमान छ । गत वर्षमा शोधनान्तर स्थिति २ खर्ब रुपैयाँले बचतमा भएको हुनुपर्छ । जसले वैदेशिक मुद्रा सञ्चितिमा साथ दिँदा १३ महिनाको वस्तु तथा सेवा खरिद गर्न पर्याप्त हुने रकम तयार पार्दछ ।
बजेट र मौद्रिक नीतिमार्फत् प्रदान गरिएको राहतसँगै आर्थिक तथा वित्तीय औजार प्रयोग गरेर तरलता व्यवस्थापन, रोजगारी सिर्जना, ज्यालाको सुनिश्चतता, लगानीको वातावरण निर्माण, र निजी क्षेत्रको बनाउने प्रयासमा हामी छौं । हामीले प्रभावित क्षेत्रलाई कोभिड संकटबाट माथि उठ्न सबैलाई न्यायपूर्ण व्यवहार गरेका पनि छौं ।
अब म नेपालको आर्थिक भविष्य उत्साहपूर्ण रहेको आधार वित्तीय संघीयता कार्यान्वयन हो । प्रदेश र स्थानीय तह खर्च गर्न तथा स्रोत परिचालन गर्न सक्षम बनेका छन् । तल्ला तहका गतिविधि बढेको छ । यो नै हामी अर्थतन्त्र चाँडै नै सबल स्थितिमा फर्कन गरेको आशको मुख्य आधार हो ।
योजना निर्माण र कार्यान्वयनका क्रममा हामी विकास साझेदारसँग थप सहयोगको अपेक्षा गर्दै छौं । हामीले केही विकास साझेदारसँग राम्रो पर्फमेन्स पोर्टफोलियो कायम गरेका छौं । यो अझै राम्रो बनाउने नै छौं ।
हो, राजस्व परिचालनमा हामी केही पछि पक्कै परेका हौं । राजस्वमा केही पछि परेपनि पछिल्लो एकवर्षमा हाम्रा करदाताको संख्या १२ लाखले बढेको छ । कोभिड–१९ जोखिम कहिले अन्त्य हुन्छ, त्यो कसैले प्रक्ष्येपण गर्न सक्ने स्थिति छैन । तर, सामान्य स्थितिमा फर्केपछि स्वास्थ्यसँगै आर्थिक गतिविधि सामान्य अवस्थामा फर्कने छ । केही मनोवैज्ञानिक परिस्थितिबाहेक नेपाली अर्थतन्त्र पनि सोही गतिमा अघि बढ्ला ।
यस्तो अवस्थामा विश्वव्यापी साथ नभई हुँदैन । हामीलाई चाहिएको बेला उपभोगयोग्य स्रोत परिचालनमा सहयोग पुर्याउनुभएकोमा सबैलाई विकास साझेदार फेरि धन्यवाद । यो अवस्थामा मैले भन्नै पर्ने हुन्छ कि, म दातृ निकायबाट डेट सर्भिस मोराटोरियम (कर्जाको सावाँ–ब्याज तथा किस्ताको भाका सार्ने) सुविधा पाउने आश पनि गर्दछु । ताकि हामीलाई केही समय पूर्वतालिक अनुसार सावाँ र ब्याज तिर्नु नपरोस् जसबाट सिर्जित स्रोत संकटबाट तीब्र पुनरुत्थानमा खर्च गर्न सकुँ ।
Comments