Sajhamanch Archive

कोरोनाको जोखिम टरेको छैन, चाडपर्व घरमै बसेर मनाउन” : स्वास्थ्य मन्त्रालय

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं ।  सरकारले साउन चाडपर्वको महिना भएकोले भिडभाड नगरी मनाउन आग्रह गरेको छ।

कोरोनाको महामारी रहेकोले घरमा बसेर चाडपर्व मनाउने र पूजा प्रार्थना गर्नलाई स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रा. डा. जागेश्वर गौतमले बताए।

उनले भने,’घरमा पाहुना बोलाउने, जमघट गरेर रमाइलो गर्ने वा आस्थाका आधारमा धार्मिक समारोहमा सामिल हुने समय भएको छैन।’ बाहिर हेरेर कसलाई कोरोना संक्रमण छ या छैन भन्न गाह्रो हुने उनले जानकारी दिए।

भिडमा सहभागी हुने प्रयास नगर्न उनले सुझाव दिए। नेपालमा कोरोना भाइरसको जोखिम कायमै रहेको उनले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *