Sajhamanch Archive

प्रदेश १ को बजेट अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by .

विराटनगर । प्रदेश १ को प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि अन्त्य हुने भएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले जारी छैठौं अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य गर्ने निर्णय गरेको हो । जारी अधिवेशनको अन्तिम बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले बजेट अन्त्यको घोषणा गर्नेछन् ।

आार्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले जारी अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने, भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै यातायात व्यवस्था कार्यालय ओखलढुंगामा स्थापना गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले महालेखा परीक्षकको प्रतिवेदन २०७७ लाई प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको मन्त्री आङ्बोले जानकारी दिए ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयको प्रस्ताव अनुसार मस्जिद व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७७ स्वीकृत गरेको छ । सामाजिक संस्था ऐन २०७५ संशोधनका लागि स्वीकृति गरेको छ ।

पर्यटन विकास सम्बन्धी नियमावली २०७७ र प्रदेश वातावरण सम्बन्धी नियमावली २०७७ समेत बैठकले स्वीकृत गरेको छ । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा भएका कामको बाँकी भुक्तानी दिने र स्रोत मिलान गर्ने निर्णय पनि गरेको छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *