Sajhamanch Archive

बालिका बलात्कार गर्ने वृद्ध प्रहरी नियन्त्रणमा

Published: in मिडियाबाट साभार, समाज by .

विराटनगर । अपांगात भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको केराबारी गाउँपालिका–५ का एक वृद्धलाई बिहीबारराति पक्राउ गरेको छ ।

प्रहरीले कारबाही अघि बढाउन आवश्यक अनुसन्धानका लागि ६३ वर्षीय रामकुमार लिम्बूलाई राति १० बजे नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा ल्याइएको हो । बलात्कार गर्दै गरेको देख्ने प्रत्यदर्शीले घटनाका बारेमा प्रहरीलाई जानकारी दिएपछि वृद्ध पक्राउ परेका हुन् ।

लिम्बूले बिहीबार दिउँसो ४ बजेतिर शारीरिक रुपमा अपांगाता रहेकी बालिकामाथि जबरजस्ती गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

ललाईफकाई खेतमा लगेपछि १० रुपैयाँ पैसा दिएर बालिकामाथि बलात्कार गरेको खुलेको छ । प्रहरीकाअनुसार शारीरिक रुपमा अपांगता रहेकी बालिकाको शरीरको एक पाटो राम्ररी चल्दैन । बोली पनि प्रष्ट छैन । एउटा खुट्टाको सहाराले मात्रै यताउता हिँडडुल गर्न सक्छिन् ।

बालिकाका अभिभावकले बलात्कारमा संलग्न लिम्बूलाई कानुनी कारबाहीको माग गर्दै शुक्रबार किटानी जाहेरी दिएका छन् । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुुसन्धान अघि बढाइने एसपी खड्काको भनाइ छ ।

स्रोत : पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *