Sajhamanch Archive

सतासीधाम जेसीजद्वारा सात दिवशीय योग शिविर सुरु

Published: (Updated: ) in विविधा, समाज by .

 शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको सतासीधाम योग शिविर सञ्चालन गरेको छ । दूधे स्थित सतासीधाम जेसीजको कभर्डहलमा आजबाट योग शिविर सञ्चालन गरेको हो ।

जेसीज सप्ताह अन्तर्गतको योग शिविरको नगरप्रमुख चन्द्रकुमार शेर्माले उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख शेर्माले राष्ट्र नै विपद्को यो घडीमा जेसीज आस्था नै लोकतन्त्रको मूल मन्त्र भएकाले व्यक्तिको नभई विधिको शासनलाई व्यावहारिक रुपमा गाउँदेखि केन्द्रसम्म लागू गर्न सबैको सामूहिक एकता र प्रतिबद्धताको खाँचो रहेको बताए । उनले जेसीजले युवाको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले जेसीजको आस्था र श्रद्धाले समाज रुपान्तरण गर्न सकिने कुरामा जोड दिएका थिए ।

सातदिनसम्म चल्ने योग शिविरको प्रदेश नं. १ युवा नेपाल समितिका संयोजक बाबुराम बस्नेतले सहजीकरण गर्ने सतासीधाम जेसीजका वर्तमान अध्यक्ष कुमारसिंह साँवा लिम्बुले जानकारी दिए ।

साताव्यापी कार्यक्रम अन्तर्गत तालिम सप्ताह, बाढीपीडित राहत सहयोग, रक्तदान, स्वास्थ्य सामग्री वितरण, वृक्षारोपण र अन्तर जेसिज शाखा ब्याडमिन्टन नकआउट कार्यक्रम भएको कार्यक्रमका संयोजक जेसी अर्जुन भट्टराईले जानकारी दिए ।

अध्यक्ष साँवा लिम्बुको अध्यक्षतामा शुरु भएको कार्यक्रमको जेसीजको आस्था बाचन प्रकरण निर्देशक जेसी निरोज दुलाल, मिसन तथा भिजन वाचन जेसी रविन घिमिरेको रहेको थियो भने कार्यक्रमको सञ्चालन जेसी विवेक ढकालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *