Sajhamanch Archive

थप १३३ जनामा कोरोना संक्रमण, १०७ जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप १०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त रहनेको संख्या १२ हजार ९४७ पुगेको छ ।

विगत २४ घण्टामा २८ वटा प्रयोगशालाबाट ३ हजार ९८७ जनाको पीसीआर परीक्षण भएका छन् । त्यस्तै, क्वारेन्टिनमा १९ हजार ४४४ जना रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *