Sajhamanch Archive

प्रदेश १ मा ३३ जना कोरोना संक्रमित थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा शुक्रबार ३३ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार झापामा २५, सुनसरीमा ६, मोरङ र धनकुटामा एक- एक जनामा संक्रमण देखिएको छ ।

झापाको मेचीनगरमा १७ पुरुष र एक महिला,त्यस्तै झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकाकामा तीन-तीन जना पुरुष तथा बिर्तामोड नगरपालिकामा एक जना पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

सुनसरीको रामधुनीमा ३, इटहरीमा २ र धरानमा १ जना पुरुष, मोरङको विराटनगरमा एक पुरुष र धनकुटाको महालक्ष्मीमा अर्का एकजना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए ।

प्रदेश १ मा आज १२ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट १२ पुरुष डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेको संख्या ७ सय ७२ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *