Sajhamanch Archive

राजश्व छली आरोपमा भद्रपुरका व्यापारी घोष पक्राउ, गोदाममा छापा र शिल

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार by .

भद्रपुर । नक्कली मूल्य अभिबृद्धि कर (भ्याट) बिलको प्रयोग गरी राजश्व छली गरेको आरोपमा भद्रपुरका व्यापारी सञ्जीव घोष पक्राउ परेका छन् ।

राजश्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीको टोलीले भद्रपुरस्थित शिव स्टोर्सका सञ्चालक घोषलाई करोडौं राजश्व रकम छली गरेको आरोप लगाउँदै अनुसन्धानका लागि पक्राउ गरेको हो ।

व्यापारी घोषलाई राजश्व छलीको कसुरमा सुन्सरी अदालतमा पेश गरी अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयले उनको भद्रपुरस्थित शिव स्टोर्सको गोदाममा छापामारी शिल गरेको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार उनले ८ करोड रुपैयाँभन्दा बढी राजश्व छलेको पत्ता लागेको बताइएको छ ।

गत आइतबार घोषले बिक्रीका लागि लाँदै गरेको एक गाडी कपडा सुनसरीको इटहरीबाट पक्राउ परेपछि राजश्व टोलीले अनुसन्धान गर्ने क्रममा घोषलाई सोमबार भद्रपुरबाट पक्राउ गरी इटहरी लगेको थियो ।

                         व्यवसायी घोष शिव स्टोरमा

सो गाडीमा राखिएको भ्याट बिलमाथि शंका लागी टोलीले अनुसन्धन गर्दा नक्कली भएको पुष्टि गरेको छ ।

अनुसनधानका कार्यालय प्रमुख जयबहादुर भण्डारीका अनुसार कुर्ता सुरवाल बोकेको मारुती भेनसहित पक्राउ परेका मोहम्मद युवराम र चालक विकास विश्वकर्माको बयानका आधारमा घोष पक्राउ परेका हुन् ।

लामो समयदेखि राजश्व छलेर चुहावट गरिरहेको आरोपमा घोषलाई टोलीले अदालतमा बुझाएको हो ।

विगत वर्षहरुमा छोटी भन्सार भद्रपुरमा राजश्व तिर्ने ठूलो व्यापारीको स्तर बनाएका घोषले पछिल्लो समय भन्सारमा न्यून सामान कटाएर बाहिरबाट अधिक सामान ल्याउन थालेपछि राजश्व टोलीले उनको पिछा गरिरहेको पाइएको छ ।

राजश्व श्रोतका अनुसार घोषले एउटै नम्बरको ५ वटासम्म भ्याट बिल बनाई राजश्व छल्ने गरेका थिए ।

यसवर्ष मात्रै विभिन्न समयमा घोषले अवैध बाटोबाट ल्याएको ४० लाख बढी मूल्य बराबरका कुर्ता सुरुवाललगायत सामग्री पक्राउ गरी सुनसरी तथा झापाका राजश्व सुरक्षा टोलीले राजश्व अनुसन्धान टोलीलाई बुझाई सकेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *