Sajhamanch Archive

मेचीनगरमा थप एकजनामा कोरोना पुष्टि

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर। मेचीनगरको होटल क्वारेन्टाइन बसेका एक दम्पत्तिमध्ये पत्नीमा कोभिड –१९ को सङ्क्रमण पुष्टि भएको छ ।

दश दिन अघि भारतबाट आएर मेचीनगर–१० धुलावारीको होटल क्वारेन्टाइन (रोयल निर्वाण)को एउटा कोठामा उनीहरु बसेका थिए ।

एउटै कोठामा बसेकामध्ये पत्नीमा मात्र कोरोना सङ्क्रमण देखिएको हो । उनका पतिमा कोरोना नदेखिएको मेचीनगर नगरपालिका सामाजिक विकास समितिका संयोजक नविन बरालले बताए ।

उनीहरुको स्वाव परीक्षण धरानमा गरिएको थियो । पतिमा कोरोना नभएको रिपोर्ट शुक्रवार नै आएको थियो भने पत्नीमा कोरोना सङ्क्रमण रहेको रिपोर्ट आज मात्र आएको हो ।

कोरोना पुष्टि भएकी महिलालाई उपचारका लागि गोठगाउँको कोभिड हस्पिटल लगिएको छ भने कोरोना नेगेटिभ रिपोर्ट पाइसकेका उनका पतिलाई पुनः क्वारेन्टाइनमै राखिएको बरालले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *