Sajhamanch Archive

ट्रयाक्टरको ठक्करबाट मोरङमा एक जनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by .

विराटनगर । मोरङको कटहरी गाउँपालिका वडा नं.१ स्थितभित्री सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट आज बिहान एक पुरुषको मृत्यु भएको छ ।

साइकलमा यात्रा गरिरहेका जहदा गाउँपालिका वडा नं.५ का ५० वर्षीय विलट राजभरवको इँटा लोड गरेको ट्रयाक्टरले ठक्कर दिँदा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए ।

ठक्कर दिने को २ त १३७६ नम्बरको ट्रयाक्टर एसीसी इँटा भट्टाको रहेको प्रहरीले जनाएको छ । ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्रोत : पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *