Sajhamanch Archive

रोटरी क्लव अफ भद्रपुरको पदस्थापन, नगरप्रमुख श्रेष्ठ मानार्थ सदस्य

Published: in राष्ट्रिय समाचार, समाज by .

भद्रपुर । सन् २०१८/०१९ का लागि निर्वाचित रोटरी क्लव अफ भद्रपुरको नयाँ कार्यसमितिले शुक्रबारदेखि पदभार ग्रहण गरेको छ । शुक्रबार ५औं पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको हो ।

अध्यक्ष भेषराज ढकाललगायतको नवनिर्वाचित १८ सदस्यीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले शुक्रबार साँझ आयोजित समारोहमा पद तथा गोपनियताको सपथ लिँदै पदभार ग्रहण गरेका हुन् ।

क्लवका नवनिर्वाचित अध्यक्ष ढकालको अध्यक्षता र भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित पदस्थापन समारोहमा अध्यक्ष ढकाललले कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्य चयन गर्नुका साथै सन् २०१८/१९ मा क्लवले सञ्चालन गर्ने सामाजिक कार्यका बारे जानकारी गराएका थिए ।

क्लवका सचिव विनोद चापागाईंले सञ्चालन र प्रेसिडेन्ट इलेक्ट टिकाराज ढकालले स्वागत गरेको समारोहमा नवनिर्वाचित अध्यक्ष ढकाललाई रोटरीका असिस्टेन्ट गभर्नर उमेश डालमियाले सपथ गराएका थिए भने अध्यक्ष ढकालले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराएका थिए ।

अध्यक्ष ढकालले कार्यसमितिको आईएपीपीमा सन् २०१७/०१८ का अध्यक्ष सुरेशकुमार मित्तल, प्रेसिडेन्ट इलेक्टमा टिकाराज ढकाल, प्रेसिडेन्ट नोमिनिजमा आदित्य पराजुली, सेक्रेटरीमा विनोद चापागाईं, ज्वाइन्ट सेक्रेटरीमा ईश्वर अधिकारी र ट्रिजररमा पवन श्रेष्ठलाई जिम्मेवारी दिएका छन् ।

यस्तै क्लव डाइरेक्टर सुरज खत्री, मेम्बरशीप डाइरेक्टर राजकुमार पोखरेल, पब्लिक रिलेसनशीप प्रदीप अग्रवाल, सर्भिस प्रोजेक्ट डाइरेक्टर धनजुजु श्रेष्ठ, टीआरएफ डाइरेक्टर सन्तोष पोखरेल र सार्जेन्ट एट आर्मस् विगत ओझालाई मनोनयन गरिएको छ ।

क्लवको वर्ष सन् २०१८/१९ कार्यकालका लागि क्लव ट्रेनर किशोर पराजुली, मेन्टर दिपेश ढकाल, वेबमास्टर उज्वल श्रेष्ठ र आइटी अफिसर निरज पराजुलीलाई चयन गरेको जानकारी दिइएको छ ।

यसैगरी, सदस्यमा नितेशकुमार अग्रवाल, लोकबन्धु ढुंगाना, डा. रामबाबु खड्का, डा. नवराज कोइराला, राजिव खनाल, प्रज्वल राई, कविन राई, गणेश राजभण्डारी, सुभाषरत्न शाक्य, प्रदीप श्रेष्ठ, प्रकाशनाथ श्रेष्ठ, रमेश श्रेष्ठ, मनोज सुब्बा, नितेश वर्मा र इशुभ पाण्डेलाई मनोनित गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।

२०१७/०१८ का अध्यक्ष मित्तलले आफ्नो कार्यकालमा भएका सामाजिक कार्यको प्रगति प्रस्तुत गरेको समारोहमा प्रमुख अतिथि नगर प्रमुख श्रेष्ठले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै सामाजिक सेवाकार्यका लागि नगरपालिकाले रोटरीसँग सहकार्य र समन्वय गर्ने बताए ।

समारोहमा अस्स्टिेन्ट गभर्नर रोटरियन उमेश डालमिया, रोटरियन सन्तोष रिजालले शुभकामना मन्तव्य राखेका थिए ।

क्लवका संस्थापक अध्यक्ष किशोर पराजुलीले धन्यवाद ज्ञापन गरेको समारोहका बीच बसेको कार्यसमितिको पहिलो बैठकले भद्रपुर नगरप्रमुख श्रेष्ठलाई क्लवको मानार्थ सदस्यता प्रदान गरिएको घोषणा गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *