Sajhamanch Archive

मूर्तिबाटै गुजारा चलाउँदै भद्रपुरका राजवंशी

Published: in विविधा, समाज, by .

भद्रपुर । झापाको साविक महेशपुर ६ हाल भद्रपुर ६ मोतियावारीमा २० वर्षयता माटाको मूर्ति बनाएर जीवन गुजारा गर्दै आएका कलाकार विष्णु राजवंशी लगनशील र मेहनती युवा हुन् ।

अभिषेक मूर्ति उद्योगका नाममा चर्चित उनको पेशा मेचीदेखि महाकालीसम्म चर्चा कमाएर फैलिएको छ । पछिल्ला केही वर्षयता आदिवासी जनजातिको मौलिक पहिचान जगाउन कला र संस्कृति संरक्षणमा जुटेका छन् । विभिन्न जातीय संस्कार संस्कृतिका झलक दिने मूर्ति वनाउन व्यस्त राजवंशी पिताको पेशालाई निरन्तरता दिने दोस्रो पुस्ताका मूर्तिकार हुन । उनको मूर्तिकला हिन्दु संस्कृतिका विभिन्न पर्वहरुमा बढी खपत हुने कारण परिवार पाल्ने पेशा बन्न सफल छ । दुई जना छोरा छोरीलाई स्तरीय शिक्षा दिने, घर परिवार धान्ने आधार रहेको मूर्तिकला राजवंशी परिवारको पहिचान पनि हो ।

माटोसंगै खेलेर पाँच जनाको परिवार पाल्दै आएका राजवंशी जीवनलाई मूर्तिसंगै साट्दै भगवान पार्वती महादेव ,सरस्वती ,लगाएत का विभिन्न देवी देवताका का अतिरित्त अन्य जुनसुकै प्रकारका मूर्ति लगार्नी वनाउने गर्दछन । मूर्र्ति वाटै घरपरिवार चलाउनुका साथै समाजीक सेवामा समेत सहयोग र गर्न पछि नपर्ने राजवँशी स्वदेशी श्रम र माटोको माया गर्ने राजवंशी समाज सेवा र शुसासनका लागि पहरेदारी गरिरहेका सामाजिक अगुवा पनि हुन् । उनले समाज विचलनमा फस्ने कारणका रुपमा भ्रष्टचार रहेको ठहर गर्दै भद्रपुर नगरलाई भ्रष्टचार सुन्य नगरका रुपमा विकास गर्न स्थानीय विकास निर्माणमा कमिशन विहीन सेवा अभियान समेत चलाइ रहेका छन् । पछिल्लो पटक सघन सहरी विकास कार्यक्रम अन्र्तगत भद्रपुर नगरमा भइरहेको सडक चौडा तथा स्तरीकरणको काम कमिशनमा चल्दा गुणस्तरहिन भइ रहेको आवाज उठाउने राजवंशी सामान्य लेखपढ मात्र गरेका व्यक्ति हुन् । उनी युवापुस्तालाई स्वदेशी श्रम र सीपको महत्व बुझाउने अभियानमा समेत रहेका छन् । राजनीतिमा शुद्घिकरण अनिवार्य रहेको अनुभव सुनाउने राजवंशी लोकतन्त्रमा अशल शासक रहनु जरुरी ठान्छन् ।

पैशा र पहुँचमा राज्य अलमल भएसम्म लोकतान्त्रिक गणतन्त्र सर्वहारा वर्गको पहुँचमा नआउने बताउने राजवंशी इमान्दार र लगनशील कार्यले पेशामा सफलता मिल्ने जनाउछन् । चार जनाको परिवार धानेर पनि समाजमा केही देन दिन उनको मूर्तिकलाको आय सफल भइरहेको उल्लेख गर्दछन् । नेपाली माटोलाई माया गर्ने राजवंशी मुर्तिकलाका उदाहरण भएर भद्रपुर नगरको आदिवासी क्षेत्र महेशपुरमा रमाइरहेका छन् । राजनीतिमा समेत सचेत राजवंशी पछिल्लो समय अघोषित रुपमा राजनीतिक पीँडित भएको गुनासो गर्छन् । उनले आफ्नै पार्टी भित्रका स्वार्थी लोभिहरुको सिकार हुनु परेकोले राजनीतिमा पछाडि परेको अनुभव सुनाउछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *