Sajhamanch Archive

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइने लक्ष्मणलाल कर्णको चेतावनी

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले वर्तमान सरकार यही गतिमा अघि बढे अविश्वासको प्रस्ताव ल्याइने चेतावनी दिएका छन् ।

शनिबार एक कार्यक्रममा उनले भने, ‘अहिले सत्तारूढ दलभित्रैबाट अविश्वासको प्रस्ताव ल्याउने कुरा आईराखेको छ । यो सरकारको विकल्प खोज्नुपर्छ । लोककल्याणकारी सरकारको नितान्त आवश्यक भैसकेको छ । यसको लागि हामीले सोच बनाइसकेका छौं ।’

उनले वर्तमान सरकार छ कि छैन् भनेर खोज्ने अवस्था रहेको चित्रण गरे । उनले भने,‘यो सरकार कतैपनि देखिएन् । प्रत्येक वर्ष बाढि÷पहिरोको समस्या आउँछ । तर, यो सरकार के हेरेर बसेको छ रु यो सरकार पाँच वर्ष नै चलोस भन्ने हाम्रो कल्पना हो । तर, यो सरकारको कुनै काम छैन् । यसले काम गर्न सकेन् ।’

उनले कोरोनाले भन्दा बढी मानिस बाढी-पहिरो र डुबानजस्ता विपत्तिमा परेर मरेको तथ्यांक पेस गरे । उनले भने, ‘हजारौं मानिसहरु घरवार विहीन भएका छन् । यसको जिम्मेवारी कसले लिने रु वर्षभरि नै सरकार सुतेर बस्ने हो रु जनताले सुखमा सरकारलाई सम्झिँदैनन् । दुःख पर्दा र आपतविपदमा नै सम्झिने हो नि, अहिले विपद्मा सम्झिँदापनि सरकारले केही गर्न सकेको छैन् । यो सरकार कहीँपनि सफल भएको छैन् ।’

उनले सर्वोच्च अदालतले रञ्जन कोइरालाबारे गरेको फैसलाको सम्बन्धमा प्रधानन्यायाधीश र न्यायाधीशविरुद्ध महाअभियोग लगाउनुपर्छ भनेर केही नेताहरुले र सामाजिक सञ्जालमा भएका टिप्पणीको विरोध गरे ।

उनले भने, ‘म महाअभियोग लगाउनुपर्छ भन्ने पक्षमा छैन् । कोर्टको निश्पक्षतालाई सबैले मान्नुपर्छ । न्यायमूर्तिहरुलाई विवेक प्रयोग गर्ने कानूनी अधिकार छ । यस सम्बन्धमा पूनरोवलकन गर्ने भनेर निवेदन दर्ता भएको कुरा आएको छ ।’

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउनुपर्छ भनेर तपाईकै पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माग गर्नुभएको छ नि ? भनेर सोधिएको प्रश्नमा उनले भने,‘म कसैको दास होइन् । बाबुरामजीको कुरा उचित हो भने पार्टीमा छलफल होला । तर, मैले यहाँ अहिले मेरो व्यक्तिगत विचार राखेको हुँ।’

उनले हालै युवतीमाथि भएको एसिड आक्रमणको घट्नाको घोर निन्दा गर्दै घट्नामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरे । उनले भने,‘यो जघन्य अपराध हो । काूननमा यसबारेमा दण्ड, सजायको व्यवस्था छ । तर, म भन्छु एसिड बिक्रि–वितरणमा कडा व्यवस्था गर्नुपर्छ । लाईसेन्सको व्यवस्था गरौं । यसको उपयोग र प्रयोजनबारे राम्रो व्यवस्था गरौं ।’

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *