Sajhamanch Archive

पहिरोले स्काभेटर र टिपर पुरिए, चालक सम्पर्कविहीन

Published: in मिडियाबाट साभार, समाज by .

काठमाडौं । बाग्लुङ नगरपालिका वडा नं.१ रामरेखास्थित सामुदायिक वन क्षेत्रमा पहिरो जाँदा एउटा स्काभेटर, एक ट्याक्टर र टिपर पुरिएका छन् । त्यसका चालकहरु सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक दिपक रेग्मीका अनुसार हताहती भएको आशंका गरिएको छ । तर कति संख्यामा भन्ने खुलेको छैन ।

गएराति गएको पहिरोका कारण अहिलेसम्म नजिक जान सक्ने अवस्था नरहेको उनले बताएका छन् । कतिको संख्यामा हताहती भएको छ भन्ने खुलेको छैन ।

स्रोत : बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *