संक्रमण बढेपछि विराटनगरमा आपतकालिन बैठक
Published:
by .विराटनगर । संक्रमितको संख्या बढ्न थालेपछि विराटनगर महानगरपालिकामा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको आपतकालिन बैठक बसेको छ ।
समुदायस्तरमा संक्रमण देखिएपछि रोकथाम र नियन्त्रणका लागि कार्य योजना बनाउन बैठक आइतबार बिहान आपतकालिन बैठक बसेको हो । लकडाउन खुलेसँगै महानगरमा संक्रमितको संख्या बढ्दै गएको छ । बुधबारयता मात्र महानगरमा ११ जनामा संक्रमण देखिएको छ ।
बैठकले संक्रमण रोकथाम र नियन्त्रणका लागि कार्य योजना तयार गर्ने मेयर भीम पराजुलीले बताए ।
विराटनगरमा ४१ जनामा संक्रमण पुष्टि भइसेको छ । पछिल्लो समय संक्रमण पुष्टि भएकाहरूमा कोरोना संक्रमण स्रोत नभेटिएपछि महानगरले समुदाय स्तरमा कोरोना फैलिएको निष्कर्षसहित संक्रमण नियमन्त्रणको कार्ययोजना तयार गर्न बैठक बोलाएको हो ।
Comments