Sajhamanch Archive

सुनको भाउ ५ सय बढ्यो, ९६ हजार ३ सयमा कारोबार

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि ५ सय रुपैयाँले बढेको छ। योसँगै आज छापावाला सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार सुनको भाउ एकैदिन १ हजार ३ सय रुपैयाँले बढेर ९५ हजार ८ सयमा कारोबार भएको थियो।

यो भाउ हालसम्मकै सबैभन्दा उच्च हो। त्यसअघि बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।

महासंघका अनुसार तेजाबी सुनको भाउ आज पनि तोलाको ९५ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ। तेजाबी सुन शुक्रबार ९५ हजार ३ सय ६५ र बिहीबार ९४ हजार ६५ रुपैयाँमा किनबेच भएको थियो। चाँदीको भाउ भने स्थिर भएको छ। चाँदी गत शुक्रबार ५ रुपैयाँले बढेर १ हजार १ सय ५५ रुपैयाँ पुगेकोमा आइतबार पनि सोही मूल्य छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *