Sajhamanch Archive

प्रहरीलाई हातपात गरेको आरोपमा दुई जना पक्राउ

Published: in मिडियाबाट साभार, समाज by .

सल्यान । सल्यानमा प्रहरीमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

बागचौर नगरपालिका वडा नं. २ स्थित सडकमा अस्थायी प्रहरी पोस्ट बागचौरबाट खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही नगरपालिका खरिबोट बस्‍ने २७ वर्षीय ईश्वर भण्डारी र २३ वर्षीय दोर्ण गिरी पक्राउ परेका हुन् ।

गिरीले चलाएको रा.४प २८१२ नम्बरको मोटरसाइकलमा सवार भण्डारीले मादक पदार्थ सेवन गरी दाङबाट बागचौर नगरपालिकातर्फ जाँदै गरेको लु.२च १२०५ नम्बरको जिप चालकलाई दुर्व्यवहार गरी गाडीको चाबी समेत खोसेका थिए ।घटनाबारे प्रहरीले सोधपुछ गर्ने क्रममा प्रहरी कर्मचारीहरूलाई समेत हातपात गरेपछि इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

                                                                                                                               बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *