Sajhamanch Archive

तिमी बिना बजारमा

Published: in टिप्स/जानकारी by .

झापा । गायिका प्रविशा अधिकारीको ‘तिमी बिना’ गीतको म्यूजिक भिडियो बजारमा आएको छ । संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा गायिका अधिकारीले सो गीत बजारमा ल्याएकी हुन् ।

गीतकार रचना प्रधानले लेखेको सो गीतले प्रेम सम्बन्धलाई गहिरो ढंगले प्रस्तुत गरेको छ । गीतले प्रेम र मायालाई गहिराइका साथ प्रस्तुत गर्न शब्द, संगीत र स्वर तिनै कुराले समान साथ दिएको छ ।

युवा निर्देशन रायन कार्कीको निर्देशनमा तयार पारिएको भिडियोमा विकास लामिछाने र संज्ञा श्रेष्ठको अभिनय रहेको छ । सविना गुरुङका मेकअप, प्रविन श्रेष्ठको सम्पादन र उत्सव दाहालले क्यामरामा साथ दिएका छन् ।

सो गीतले युवा पुस्ताको मन छोएको बताइएको छ ।

https://www.youtube.com/watch?v=Y1XWp_B6U0E

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *