Sajhamanch Archive

दूधे आयुर्वेदबाट ५ हजार ४ सय बढीले सेवा लिए, ल्याव सञ्चालनको पनि तयारी

Published: in विविधा, समाज, स्वास्थ्य by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको दूधे आयुर्वेदबाट ५ हजार ४ सय ७७ जनाले सेवा लिएका छन् ।

आ.व. २०७६÷०७७ मा आयुर्वेदबाट नयाँ विरामी १ हजार ७ सय ९७ पुरुष र २ हजार ९ जना महिलाले सेवा लिएका थिए । त्यस्तै पुनराबृत विरामीको रुपमा ७ सय ७० पुरुष र ९ सय १ महिलो सेवा लिएको दूधे आर्युर्वेद औषाधालयले जनाएको छ ।
त्यसैगरी गएको आ.व.मा मञ्चकर्म विधिबाट पनि २ सय ३२ जनाले सेवा लिए ।

आयुर्वेद औषाधालयले कार्यलयमा मात्र नभई शिवसताक्षी नगरका विभिन्न क्षेत्रहरुमा गएर सेवा दिने गरेको छ । जस अनुसार गाउँघर क्लिनिक कार्यक्रम अन्तर्गत शिवसताक्षीको ४ नम्बर वडा कार्यालयमा सञ्चालित शिविरमा ७ सय ९९ जनाले सेवा लिएको आयुर्वेद औषधालयका कविराज राजेन्द्र पोखरेलले जानकारी दिए ।

त्यसैगरी ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रममा मार्फत बृद्धा आश्रम माइधारमा ८० जना, धार्मिक स्थल सताक्षीधाममा निशुल्क स्वास्थ्य शिविर सञ्चालनबाट ९ सय ६७ जनाले सेवा लिएको आयुर्वेद कार्यालयको तथ्यांकमा उल्लेख छ । स्थानीय जडिबुटी कार्यक्रम मार्फत १ सय जना र शिवसताक्षी नगरपालिकाको क्वारेन्टाइनमा बस्नेहरु १ सय ५ जनाले सेवा लिएका थिए । क्वारेन्टाइनमा बस्ने महानुभावहरुलाई इम्युनिटी पावर बढाउने औषधी वितरण गरिएको कविराज पोखरेलले जानकारी दिए ।

आयुर्वेद औषालयमा विरामीको चाप बढ्न थालेपछि ल्याव सञ्चालनको तयारी रहेको कविराज राजेन्द्र पोखरेल बताए । प्रदेश सरकारबाट विनियोजित ५ लाखको लगानीमा ल्याब सञ्चालन गरिन लागिएको हो । हाल ल्यावका लागि सम्पूर्ण सामाग्री आइसेकेको छ भने ल्यावका लागि प्राविधिकको व्यवस्था शिवसताक्षी नगरपालिकाले गरेको आयुर्वेद औषधालयले जनाएको छ । ल्यावमा न्यून शुल्कमा २९ प्रकारको रक्त परिक्षण गरिने समेत बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *