Sajhamanch Archive

मास्क नलगाउनेविरुद्ध कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रायलको निर्देशन

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । गृह मन्त्रालयले सामाजिक दूरी कायम गराउन, मास्क सेटिनाइजरको प्रयोगमा कडाइ गर्न निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयसहित देशभर जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

गृहको परिपत्रमा सामाजिक दूरी कायम नभएको, मास्क सेनिटाइजर प्रयोग नगरीएको र स्वास्थ्य सतर्कतासमेत नपनाइएकाले कोरोनाको जोखिम बढ्नसक्नेतर्फ पनि सचेत गराइएको छ ।

गृहले मास्क प्रयोग, सामाजिक दूरी कायममा अटेरी गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्नसमेत निर्देशन दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *