Sajhamanch Archive

एसिड प्रहारबाट घाइते युवतीलाई मन्त्री ढकालले भने, ‘उपचारमा सरकारले सहयोग गर्छ’

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । काठमाडौंको बाफलमा एसिड आक्रमणमा परेकी ओखलढुंगाकी पवित्रा कार्कीको उपचारमा सरकारले सघाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले घाइते युवतीको स्वास्थ्य अवस्थाबारे अस्पतालमै पुगेर जानकारी लिएपछि यस्तो उपचार खर्चको व्यहोर्ने आश्वासन दिएका हुन् ।

कीर्तिपुर अस्पतालमा पुगेर मन्त्री ढकालले भने ‘तपाईंको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ । घटनामा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ ।’

स्थानीय सीतापाइलामा बस्दै आएकी ओखलढुङ्गाकी २२ वर्षीया युवतीलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले तेजाब प्रहार गरेका थिए । फैयाजलाई उनीसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले युवतीमाथि तेजाब छ्याप्न लगाएका प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दुवै अभियुक्तलाई प्रहरीले बिहीबार राति नै डल्लुबाट पक्राउ गरेको थियो । प्रहरी कल डिटेल र सिसी क्यामराको सहायताले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *