Sajhamanch Archive

६ जिल्ला कोरोनामुक्त

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा हालसम्म कोरोना भाइस (कोभिड-१९) संक्रमणबाट ६ जिल्ला कोरोनामुक्त भएका छन् भने तीन जिल्लामा पाँच सय बढी बिरामी रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले  कैलाली, रौतहट र बाजुरामा कोरोना भाइरसका ५ सय बढी बिरामी रहेको छन् भने भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मुस्ताङ र मनाङ कोरोना शून्य रहेको  जानकारी दिए।

मन्त्रालयका अनुसार आइतबारसम्म मुलुकभर ५ हजार ४ सय ४० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये प्रदेश १ मा १सय ८६ जना, प्रदेश २ मा १ हजार ८ सय ७३जना, बागमती प्रदेशमा ४ सय ४४ जना, गण्डकी प्रदेशमा २९४ जना, प्रदेश ५ का ३ सय ५८ जना, कर्णाली प्रदेशमा ३ सय ६७ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय १८ जना रहेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *