Sajhamanch Archive

मेचीनगरमा कोरोनाको ‘मासटेस्टिङ’

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

मेचीनगर । समुदायमा कोरोना सङ्क्रमण फैलिएको आशङ्कामा  मेचीनगरमा आइतबारबाट ‘मास टेस्टिङ’ शुरु गरिएको छ ।

आइतवार पहिलो दिन फ्रन्टलाइनमा कार्यरत सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, होटल व्यवसायी, पत्रकार, सवारी चालक र सर्वसाधारण गरी ११७ जनाको स्वाव सङ्कलन गरिएको हो ।

नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नविन बरालले समुदायमा कोरोनाको सङ्क्रमण छ कि छैन भनेर पत्ता लगाउन मास टेस्टिङ गरिएको बताए ।

काँकरभिट्टाको होल्डिङ सेन्टरमा खटिएका सशस्त्र प्रहरीमा कोराना भेटिएपछि मेचीनगरमा समुदायस्तरमा कोरोना फैलिएको त्रास छ । मास टेस्टिङको नतिजा आएपछि अवस्था प्रष्ट हुने विश्वास गरिएको छ ।

नगरपालिकाले अर्को चरणमा धुलाबारी र चारआली बजार क्षेत्रमा ‘मास टेस्टिङ’ गर्ने भएको छ । यसमा लाग्ने सम्पूर्ण खर्च नगरपालिका आफैँले व्यहोरेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *