Sajhamanch Archive

म्याद सकिएसँगै हटाइयो शिवसताक्षीमा रहेको जग्गा दर्ता समितिको कार्यालय, ११ हजार निवेदन अन्योलमा

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by .

शिवसताक्षी । संघीय सरकारले गठन गरेको जग्गा दर्जा समितिको म्याद सकिएको छ । असार मसान्तमा म्याद सकिएसँगै शिवसताक्षीको झिलझिलेमा रहेको जग्गा दर्ता समितिको कार्यालय हटाइएको छ ।

कार्यालय हटाएपछि झापा जिल्लाको महारानी झोडा, लखनपुर, सतासीधाम, धरमपुर, तोपगाछी क्षेत्रका नगरिकमा निरासा छाएको छ ।

बन्दाबन्दी अगाडि जग्गाधनी प्रमाण पूर्जा वितरण समितिले सम्बन्धित क्षेत्रमा जग्गाधनी प्रमाण पूर्जा वितरणको प्रक्रिया अघि बढाइरहेको भएपनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण जोखिमले पूर्व सुचारु कामहरु ठप्प भएको थियो ।

जग्गाधनी दर्ता प्रमाण पूर्जा समितिको म्याद नथपिदा शिवसताक्षी नपा वडा नं ११ मा रहेको समितिको कार्यालय नै हटाइएको हो । सम्बन्धित क्षेत्रहरुबाट अन्तिम अवस्थासम्ममा अव्यवस्थित बसोवासीहरुले करिव ११ हजार निवेदन जग्गा धनी पूर्जा लागि दिएको समितिका अध्यक्ष राधाकृष्ण खनालले जानकारी दिए ।

नेपाल सरकारले बनाएको जग्गाधनी प्रमाण पूर्जा वितरण समितिको म्याद सकिएकाले कार्यालय बन्द गर्नु परेको समितिका अध्यक्ष राधाकृष्ण खनालले जानकारी दिए ।

सरकारले म्याद थप नगरेपछि समिति नै निर्किय भएको छ । उनले भने त्यसैले “यो समिति स्वत स्थगन भएको हो ।

समितिले संकलन गरेको निवेदन जिल्लास्तरको आयोग गठन भई उक्त कामलाई निरन्तरता दिइनेछ ।” उनले भने, हाल संकलन गरिएको सम्पूर्ण अभिलेख दमक मालपोत कार्यालयमा लगिएको छ ।

समितिले काम गर्ने १८ वटै वडाको लगत संकलन लिइसकेको थियो भने ६ वडामा नाप नक्सा समेत गरिकेको अध्यक्ष खनालले बताए ।

अध्यक्ष खनालका अनुसार समितिले आफ्नो कार्य क्षेत्रको लगत संकलन गरि गौराहद नगरपालिका ४ र ५ नंंं. वडा कमल गाउँपालिकाको ६ र ७ नं. वडा र शिवसताक्षी नगरपालिको १ र २ नं. वडामा नाप नक्सा समेत गरि सकिएको थियो ।

जग्गाधनी प्रमाण पूर्जा वितरण सम्बन्धि केन्द्रिय स्तरको आयोग भएकाले जिल्ला स्तरीय आयोग गठन गरि कामलाई निरन्तरता दिने अध्यक्ष खनालको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *