Sajhamanch Archive

धनकुटामा २४ वर्षअघि स्थापित टिस्यूकल्चर ल्याब अलपत्र

Published: in स्वास्थ्य by .

धनकुटा। वैज्ञानिक र प्राविधिक नहुँदा धनकुटाको पारीपात्लेमा २४ वर्षअघि स्थापना गरिएको टिस्यूकल्चर ल्याब अलपत्र परेको छ ।

तन्तु प्रशारण विधिबाट बिरुवा उत्पादन गर्ने उद्देश्यले सो ल्याब स्थापना गरिएको थियो ।

अमिलो जातका फलफूलमा बढ्दो रोग–किराको प्रकोपलाई नियन्त्रण गर्दै तन्तु प्रशारण विधिबाट बिरुवा उत्पादन गर्ने लक्ष्यसहित २४ वर्षअघि ल्याब स्थापना गरिएको हो ।

तर, कर्मचारी अभावका कारण ८ वर्षयता यो पूर्णरुपमा बन्द छ ।

ल्याब सन्चालनमा नआउँदा करोडौं रुपैयाँ मूल्य बराबरको केमिकलसहित विभिन्न सामग्री नस्ट हुने अवस्थामा पुगेका छन् ।

अहिले पनि एक वैज्ञानिक र दुई प्राविधिक उपलब्ध भए ल्याब सन्चालन गर्नसकिने बताइएको छ ।

कार्यालयका प्रमुख वरिष्ठ कृषि वैज्ञानिक हरिकृष्ण श्रेष्ठले वैज्ञानिक र प्राविधिक उपलब्ध नहुँदा सन्चालनमा आउन नसकेको जानकारी दिए ।

-इमेज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *