Sajhamanch Archive

पूर्वाञ्चल विश्वविद्यालयले भन्याे- अवस्था सामान्य नहुँदासम्म परीक्षा हुँदैन

Published: in राष्ट्रिय समाचार, शिक्षा by .

विराटनगर । पूर्वाञ्चाल विश्वविद्यालयले भदौदेखि गर्ने भनेको परीक्षा स्थगित गरेको छ। लकडाउन खुलेसँगै विश्वविद्यालयले भदौ पहिलो सातादेखि परीक्षा गर्ने कार्यतालिका प्रकाशित गरेको थियो।

कोरोना संक्रमणका कारण केही जिल्लामा सरकारले निषेधाज्ञासमेत जारी गरेको हुँदा अवस्था सामान्य नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गरेको परीक्षा नियन्त्रक प्राध्यापक डाक्टर सूर्यप्रसाद संग्रौलाले बताए।

सरकारले लकडाउन खोलेपछि साउन ४ गते विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयबाट भदौ पहिलो सातादेखि सम्बन्धित क्याम्पसहरूमा परीक्षा केन्द्र कायम गर्ने गरी सूचना प्रकाशित गरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *