Sajhamanch Archive

धार्मिक क्षेत्र सताक्षीधाममा भक्तजनको भीड

Published: in विविधा, समाज by .

शिवसताक्षी । लामो समय सुन्य जस्तै देखिएको धार्मिक स्थल सताक्षीधाममा सोमबार भीड देखिएको छ । श्रावणी पर्वको रुपमा शिवलिङ्गमा जल चढाउन भक्तजनको भीड बढेको हो ।

कनकाई माई वा सताक्षीको झरनाबाट जल ल्याएर भक्तजनहरुले सताक्षीममा रहेको द्वादश ज्योतिर्लिङ्गमा जल चढाएका हुन् ।

जिल्ला कै एकमा मात्र द्वादश ज्योतिर्लिङ्ग निर्माण गरेपछि श्रावण महिनामा बोलमका लागि भक्तजनको रोजाई सताक्षीधाम परेको गोलोक गोवद्र्धनका संरक्षक तथा अध्यक्ष नन्दकिशोर भारद्वज बताउँछन् । द्वादश ज्योतिर्लिङ्ग निर्माण हुनु अघि धामको शिवको मन्दिरमा रहेको जल चढाउने गरिन्थ्यो ।

बोलबमका रुपमा अघिल्ला सोमबार भन्दा यो सोमबार शिवका शक्तिपीठमा भक्तजनको भीड देखिएको गोलोक गोवद्र्धन गौशालाका अध्यक्ष नन्दकिशोर भारद्धाजले बताए । पुरुष गेरु बस्त्र र महिला रातो, हरियो रंगको बस्त्रमा आएर शिवालयमा पूजा आराधना गरेको गौशालाले जनाएको छ । झापा सहित मोरङ्ग, सुनसरी, ईलाम लगायतका स्थानबाट भक्तजन आएका थिए ।

गौशालाका अनुसार बन्दाबन्दी खुलेपछिको सबैभन्दा बढी भिड आज लागेको हो । अघिल्ला सोमबारमा तिर्थालु आएका थिएनन् ।

गोलोक गोवद्र्धन गौशाला स्थापना भएपछि बोलबम गएर श्रावणी पर्व मनाउने श्रद्धालु भक्तजनको संख्या सताक्षीधाममा बर्षेनी बढ्दै गएको छ । गौशाला ५ वर्ष अघिमात्र स्थापना भएको हो ।

साउने सोमबार भगवान शिवको महिमा मानिने हुँदा भक्तजन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट ल्याएको जल शिवलिंगमा चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *