Sajhamanch Archive

कोरोनाबाट नेपालमा थप तीनजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक भारतीय नागरिकसहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज बाराको फेटा गाउँपालिका वडा नं.३ का ६० वर्षिय पुरुषको त्रिवि शिक्षण अस्पतालमा आज उपचारका क्रममा मृत्यु भएको हो। उनी निमोमिया, मस्तिष्कघात र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए।

यस्तै पर्साको वीरगञ्ज १० बस्दै आएका ६५ वर्षिय भारतीय नागरिकको पनि कोरोनाका कारण मृत्यु भएको छ। उनको साउन ११ गते बिहान गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो। ती पुरुष मुटु र मधुमेह रोगका विरामी थिए।

यस्तै, धनुषा सहिदनगर नगरपालिका वडा नं.८ का ३६ वर्षीय पुरुषको पनि ११ गते नै कोरोनाका कारण मृत्यु भएको छ। साउन १० गते ज्वरु र खोकीसँगै स्वासप्रस्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सीमा भर्ना भएका थिए।

आइसियुमा राखेर उपचार गरिएपछि स्वास्थ्यमा सुधार नआएपछि उनलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो। उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *