प्रहरीभित्र कोरोना जोखिम बढ्यो
Published:
by .काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । पछिल्लो एक सातायता प्रहरीमा संक्रमितको संख्यामा उच्च वृद्धि भएको हो ।
आजसम्म प्रहरीमा संक्रमितको संख्या १५८ पुगेको छ ।
जसमा ४ महिला र १५४ पुरुष छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यकामा १४, प्रदेश १ मा २७, प्रदेश २ मा ३४, गण्डकी प्रदेशमा २९, प्रदेश ५ मा १५, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा १२ जनामा कोरोना संक्रमण देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Comments