Sajhamanch Archive

हालसम्म समुदायमा कोरोना संक्रमण फैलिएको प्रमाणित भइसकेको छैन : स्वास्थ्य मन्त्रालय

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । सरकारले विदेशबाट आएका व्यक्तिलाई कम्तिमा १४ दिनसम्म क्वारेन्टिनमा बस्‍न र संक्रमितको सम्पर्कमा आएको भएमा १४ दिनसम्म होम क्वारेन्टिनमा बस्‍न अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विश्व स्वास्थ्य संगठनले नेपाललाई ठाउँ विशेष कोरोना संक्रमण रहेको देशको सूचीमा राखेको जानकारी दिए ।

उनका अनुसार नेपालमा एकै स्थानमा धेरै कोरोना संक्रमित भेटिएकाले हालसम्म समुदायमा कोरोना संक्रमण फैलिएको प्रमाणित भइसकेको छैन । तर थप खोजप‌त्ताल गर्ने कार्य स्थानीय तहले गरिरहेको जनाइएको छ ।

कोरोना संक्रमणको जोखिम अहिले पनि कायमै रहेको उनले जानकारी दिए । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सतर्कता अपनाउन आग्रह गरेका छन् ।

उनले भने,“घर बाहिर जाँदा नाकमुख छोपिने गरी मास्क लगाउने, सार्वजनिक स्थान बैंक, पसल आदि स्थानमा जानु परेमा दुई मिटरको दूरी कायम गर्ने, अति जरुरी काम परेमा मात्र घर बाहिर जाने, भिडभाड भएको स्थानमा जानुहुँदैन् । ”सुख्खा खोकी लाग्‍ने, ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या भएमा तुरुन्त स्वास्थ्यकर्मीको सम्पर्क जान मन्त्रालयले आग्रह गरेको छ ।

उनले गाउँमा नयाँ व्यक्ति आएको छ भने जानकारी दिन अनुरोध गरेका छन् । अन्तर्राष्ट्रिय सीमामा कडाइ गरिदिन, स्वास्थ्यकर्मी र प्रहरीलाई सहयोग गरिदिन, पुनस् लकडाउन गर्नुपर्ने अवस्था ननिम्त्याउन र जनस्वास्थ्यको मापदण्डको पूरा गर्न मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *