Sajhamanch Archive

सिलवाल पुनः राखेप सदस्य सचिव नियुक्त

Published: in खेलकुद by .

काठमाडौं । रमेश सिलवाल दोस्रो पटक राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिव नियुक्त भएका छन् । निवर्तमान सदस्य सचिवसमेत रहेका सिलवाल लगातार दुई कार्यकाल सदस्य सचिव  बनेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिलवालई राखेपको सदस्य सचिवमा नियुक्त गरेको हो । सिलवाल अबको चार वर्षका लागि सदस्य सचिव रहनेछन् ।

२०७६ असार २३ गते राखेपको १८ औं सदस्यसचिव नियुक्त भएका सिलवाल नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि गत असार १७ गते पदमुक्त भएका थिए ।

त्यसपछि नयाँ सदस्यसचिव खोजीका लागि युवा तथा खेलकुद मन्त्रालयले सदस्य सचिव चयनका लागि मन्त्रालयको सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।

उक्त समितिले राखेप सदस्य सचिव खुल्ला प्रतिस्पर्धाबाट छनोट गर्न भन्दै आवेदन माग गरेको थियो । त्यसमा सिलवालले पनि आवेदन दिए । सिफारिस समितिले सिलवाल, नेकपा केन्द्रीय सदस्य लिलबहादुर थापा मगर र भलिबलका पूर्वखेलाडी अन्जु श्रेष्ठमध्येबाट सदस्य सचिव नियुक्त गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

समितिले सिफारिस गरेकामध्ये मन्त्रिपरिषदले सिलवाललाई सदस्य सचिवमा नियुक्त गरेको युवा तथा खेलकुद मन्त्रालय स्रोतले जनाएको छ । सिलवालले १३ औं दक्षिण एसियाली खेलकुद सफल पारेको जस लिए पनि उनको कार्यबाट धेरै पदाधिकारी कर्मचारी सन्तुष्ट भने थिएनन् ।

सदस्य सचिव चयनपछि अब राखेप बोर्डमा सदस्यहरुको नियुक्ति प्रकिया पनि शुरु हुनेछ । नयाँ ऐन अनुसार राखेपको बोर्डमा अब ३७ सदस्यीय हुनेछ । जसको अध्यक्षमा युवा तथा खेलकुद मन्त्री रहनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *