Sajhamanch Archive

कोरोना महामारी अहिलेसम्मकै गम्भीर स्वास्थ्य आपतकालः डब्लुएचओ

Published: in विश्व समाचार, स्वास्थ्य by .

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको महामारी विश्वले सामना गरेको अहिलेसम्मकै सबै भन्दा गम्भीर स्वाथ्य आपतकाल रहेको जनाएको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोभिड–१९ को समस्या अहिलेसम्मकै गम्भीर विपद रहेको बताए । यो हप्ता कोरोना भाइरसका कारण घोषित स्वास्थ्य आपतकालको अवस्था मूल्यांकनका लागि डब्लुएचओले आकश्मिक बैठक बस्ने भएको छ ।

डब्लुएचओले यसअघि इबोला (दुई पटकको महामारी), जिका, पोलिओ र स्वाइन फ्लू का बेला विश्वव्यापी स्वास्थ्य आपतकाल लगाएको छ विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ६६ लाख २८ हजार ३७ पुगेको छ । हालसम्म छ लाख ५५ हजार आठ सय ४५ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो ६ हप्तामा संक्रमितको संख्या लगभग दोब्बर पुगेको छ । विश्वले भाइरससँग लड्नका लागि राम्रो प्रयास गरेको भए पनि अझै पनि कोरोना भाइरसलाई जित्नका लागि लामो बाटो तय गर्न बाँकी नै रहेको डा. टेडरोजले बताएका छन् । यसैबिच विश्वमा सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रिइएनमा समेत कोरोनाको संक्रमण देखिएको छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *