Sajhamanch Archive

मनसुन शुक्रबारसम्म सक्रिय रहने

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान काठमाडौं र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा पानी परिरहेको छ । काठमाडौंमा सामान्य वर्षा भइरहेको छ भने सुदूरपश्चिमका केही क्षेत्रमा भारी वर्षा भइरहको विभागकी मौसम विद् मञ्जु भासी बताउँछिन् ।

“मनसुन सक्रिय छ र यो चरण शुक्रबारसम्म रहने भएकाले प्रायः धेरै स्थानमा मौसम बदली रहने छ,” उनी भन्छिन्, “बाढी, पहिरो र डुबानको सम्भावना रहेकाले जो जहाँ हुनुहुन्छ त्यहाँ सतर्क भएर बस्नुहोला ।”

विभागका अनुसार देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, प्रदेश ५, सुदूरपश्चिम प्रदेश, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा डुबानको सम्भावना रहेको विभागले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *