Sajhamanch Archive

पहिरोले पुरिएर आमा-छोरीको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

दाङ । दाङको बंगलाचुली गाउँपालिकामा पहिरोले पुरिएर आमा–छोरीको मृत्यु भएको छ।

वडा नम्बर ५ साकिनेमा घरमाथिबाट मंगलबार राति पहिरो आउँदा २४ वर्षीय बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुस्माको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वली जानकारी दिए।

पहिरो आउँदा घरको आधा भाग भत्किएको अध्यक्ष वलीले बताए। घरमा पाँचजना बस्ने भए पनि आमा छोरी सुतेको कोठा मात्र पहिरो भत्काएको छ।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *