Sajhamanch Archive

सहारा नेपालले दियो असाहय बालबालिकालाई शैक्षिक सामाग्री

Published: in शिक्षा, समाज, सहकारी by .

लक्ष्मीपुर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले असाहय वालबालिकालाई छात्रवृति प्रदान गरेको छ ।

संस्थाले शुरु गरेको शिक्षा सचेतना कार्यक्रम अन्र्तगत मंगलवार १२ जना विपन्न एकल महिला तथा पुरुषका छोराछोरीलाई छात्रबृति दिएको हो ।

वालबालिकालाई कपि, कलम, ज्यामिति, कलर पेन्सिल र टिसर्ट दिइएको थियो । संस्थाका लक्ष्मीपुर सेवा केन्द्र सहयोग समिति संयोजक केदार सम्सेर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा औचित्य माथि प्रकाश सेवा केन्द्र प्रमुख उमेश भारतीले पारेका थिए । सहयोग समिति सदस्य टोमकुमारी ओझाको उपस्थिति रहेको कार्यक्रममा शुभकामना मन्तव्य वरिष्ठ प्रवन्धक इलाका सुरुङ्गाका रामनारायण प्रधानलले गरेका थिए । कार्यक्रमको सञ्चालन सेवा केन्द्रका कर्मचारी खगेन्द्र निरौलाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *