Sajhamanch Archive

नेपालमा थप २१० जनामा कोरोना संक्रमण, १४६ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।

६ हजार ३७ जनामा परीक्षण गर्दा २१० जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १४६ जना कोरोना संक्रमित निको भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले थप १४६ जना कोरोना संक्रमित निको भएर घर फर्केको बताए ।

योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या १४ हजार २१ पुगेको छ । उनको अनुसार नेपालमा कोरोना निको हुनेको प्रतिशत ७२.७ रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *