Sajhamanch Archive

अन्तर जिल्ला सवारी साधन सञ्चालन गर्दा अनिवार्य पास लिनुपर्ने, मास्क नलगाए १०० जरिवाना

Published: (Updated: ) in राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by .

झापा । झापामा कोभिड १९ को संक्रमण बढ्न थालेपछि प्रशासनले थप कडाई गर्ने भएको छ ।

मानिसले स्वास्थ सुरक्षा सम्बन्धी मापदण्ड पालना नगर्ने, न्यूनतम सामाजिक दूरी कायम नगर्ने, अनावश्यक भिडभाड गर्ने, मास्क नलाई हिड्नेलाई १०० रुपैयाँ जरिवाना गर्ने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

कार्यालयमा आज बसेको बैठकले मास्क नलगाई घर बाहिर निस्कने, अनावश्यक भेला भएमा १०० रुपैया जरिवाना लिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले संक्रमणको जोखिमलाई बेवास्ता गर्दै तोकिएको मापदण्डभन्दा बाहिर हिड्ने व्यक्तिहरुलाई संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम कार्वाही गरिने बताएका छन् ।

यसैबीच बैठकले अन्तर जिल्ला सवारी साधन संचालन गर्दा जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य पास लिनु पर्ने जनाएको छ । सवारी साधन मार्फत आवज जावत गर्ने आम नागरिकहरुलाई दुविधा भएको भन्दै जिल्ला प्रशासन कार्यालयले अनिवार्य पास लिनु पर्ने व्यवस्था गरेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *