Sajhamanch Archive

वरपीपल सहकारीले गर्यो २१ लाई सम्मान

Published: in सहकारी by .

बुधबारे । वरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्तिले आप्mनो १३औं वार्षिकोत्सवको अवसर पारेर २१ जनालाई सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष हरिप्रसाद पौड्यालको अध्यक्षतामा शनिबार भएको कार्यक्रममा विगतका दिनमा संस्थाका विभिन्न समितिमा जिम्मेवारी वहन गरेका उनीहरुलाई वार्षिकोत्सवको अवसर पारेर सम्मान गरिएको हो ।

संस्थाका सदस्य अनिल वाग्लेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष छत्र कार्कीले स्वागत मन्तव्य राखेका थिए भने छत्रमणि आचार्य, जीवन तिम्सिना, भवानी शंकर उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्षले क्याण्डल बालेर सुरु भएको कार्यक्रममा नयाँ शेयर सदस्यलाई प्रमाणपत्र वितरण गर्नुका साथै सहभागीले गीत, नृत्य, कविता प्रस्तुत गरेका थिए भने हाजिरी जवाफ कार्यक्रम पनि गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *